प्रतिकारमा शिक्षक श्रेष्ठ मृत्यु भयाे : विप्लव समूह

काठमाडौं । प्रतिबन्धि नेत्रविक्रम चन्द (विप्लव) समूहले मोरङ मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। विप्लव समूहको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको हाे ।

‘सुराकी’ गरेको आरोपमा विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न खाजेकाले प्रतिकारमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएकाे छ।

श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक-पटक प्रहरी पठाएर नेता-कार्यकर्तालाई खानबस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.