देशलाई फेरि हत्याहिंसातर्फ फर्काउने प्रयास भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि हत्या हिंसा तर्फ फर्काउने प्रयास भइरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा एक जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बलजफ्ती राजनैतिक समस्या निम्त्याउन प्रयास भइरहेका भन्दै सफल हुन नदिन विभिन्न तत्वहरू लागिपरेकाे बताए ।

मोरङको मिक्लागुङमा शिक्षकको हत्या भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘आज मात्रै मिक्लाजुङ भन्ने ठाउँमा केही गलत तत्वहरुले हाम्रै एक जना दाजुभाइलाई अपहरण गरेर लगे, पर लगेर मारे ।’

‘एउटा हाम्रै देशको दाजुभाइलाई यदि पैसा दे भनेर डकैतीको शैलीमा भन्छ । पैसा दिन सक्दिनँ भन्यो भने घिसारेर लगेर गोली हानेर मार्छ, नेपाल यस्तै खालको विकराल कालखण्ड पार गरेर आएको छ, अब फेरि त्यता फर्काउने प्रयास हुन खोजेको छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.