१३ लाखको चेक बाउन्स भएपछि ३२ वर्षीय साह पक्राउ

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ब्ल्याङ्क चेक दिने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–५ रामनगर घर भएका ३२ वर्षीय सूर्यप्रसाद साह रहेका सिआइबीले जनाएकाे छ ।

उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसलाई ब्ल्याङ्क (खाली) चेक दिएका थिए । एमबिबिएस अध्ययन गर्दा लाग्ने १३ लाख ४१ हजार रुपैयाँ बराबरको चेक साहले दिएका थिए। प्रथम किस्ता बापत दिइएको उक्त चेकमा उल्लेखित रकम जम्मा गर्न लाग्दा पर्याप्त रकम नभएपछि बाउन्स गरिएको थियो ।

पछि काठमाडौं विश्वविाद्ययले नै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गरेको थियो। त्यसपछि फरार रहेका साहलाई नयाँबानेश्वरबा सोमबार पक्राउ गरेर कारबाहीका लागि काभ्रे पठाइएको सिआइबीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.