उद्धार उडान बन्द !

काठमाडाैं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

आइतबार बसेको सीसीएमसीको बैठकले यो सहित बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न सिफारिस गर्ने निर्णय गरिएकाे छ ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।

विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले लगभग उद्धार सकिएको जानकारी गराएपछि उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ ।

पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ। यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिन् १३ वटा प्रवेश बिन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरू गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ।

यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ। होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।

कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारीस गर्ने तयारी भैरहेकाे सीसीएमसीले जनाएकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.