कुनै एक व्यक्तिले चाहेर नेकपा फुट्दैन : वरिष्ठ नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कुनै एक व्यक्तिले चाहेर पार्टी नफुट्ने बताएका छन् ।

धुम्बाराहीमा शुक्रबार आयोजित पार्टी सचिवालयको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै नेता नेपालले भने नेकपा कमजोर जगमा उभिएको पार्टी नभएकाले कुनै एक व्यक्तिले चाहदैमा फुटाउन नसक्ने दावी गरे ।

‘यो कमजोर जगमा उभिएको पार्टी होइन । कमजोर जगमा सुरु भएको पार्टी पनि होइन। बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो । कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन’, उनको भनाइ छ ।

उनले नेकपा सबैले अत्यन्तै ठूलो त्याग, तपस्या र बलिदानबाट बनेको पार्टी भएको बताए। ‘पार्टी फोड्ने भनेर सोच्ने कुरा अपराध हो’, उनले भने, ‘आजसम्म पार्टीभित्रका जति पनि समस्याहरु छन्, त्यो हामी बैठकमा बसेरै, छलफल गरेरै समाधान गर्दै आएका छौं। त्योभन्दा बाहिरबाट कहिल्यै पनि हामीले समाधान निकालेका छैनौं। सबै समस्याको समाधान पार्टी कमिटीको बैठकमा निकालिनुपर्छ। छलफल गर्नुपर्छ ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.