द्वन्द्व व्यवस्थापनको लागि देश संघीयतामा गएकाे गाेकुल बाँस्कोटा जिकिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देश बाध्यात्मक अबस्थामा सङ्घीयता प्रणालीमा गएकाे बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको बताएका हुन् ।

सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ ।

गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।

Facebook Comments