नेपालमा काेराेनाबाट एकैदिन ३० जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट एकैदिन ३० जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

Facebook Comments