कांग्रेस नेता मिन विश्वकर्मा कोरोना मुक्त

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । साथै उनकाे होस पनि खुलेको छ ।

परिवारका एक सदस्यका अनुसार नेता विश्वकर्माले इशारा मार्फत चिकित्सकहरुसंग कुरा गर्न थालेका छन् ।

कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको ८ दिन पछि पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए ।

होम आइसोलेसन बसेका विश्वकर्मालाई स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल लगिएकाे थियाे ।

तीन दिनसम्म उनी वीर अस्पतालमै उपचाररत थए । तर, उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल लगिएकाे थियाे ।

Facebook Comments