देशभर ३०६९४ काेराेना संक्रमित होम आइसोलेसनमा, सबैभन्दा धेरै बाग्मती प्रदेशमा

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार ३७ हजार ७ सय ७६ जना सक्रिय संक्रमितमध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १ सय ६६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ५ हजार ६ सय १, प्रदेश २ मा १ हजार ४५, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ३२, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा ४७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments