प्रचण्डको निर्देशनसँगै क‍र्णालीमा मन्त्रिपरिषद् पुनर्गठन राेकियाे

काठमाडौं । कर्णालीमा प्रदेशमा तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भएकाे छ ।

स्राेतका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्‍यमन्त्री महेन्दबहादुर शाहीलाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिएसँगै मन्त्रिपरिषद् पुनर्गठनकाे काम तत्कालका लागि राेकिएकाे हाे ।

मुख्यमन्त्री शाहीले आजै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउने तयारी गरेका थिए।

मन्त्रिपरिषद् हेरफेरको तयारी चलिरहँदा बिहान प्रचण्डलाई महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले विवाद नबढाउन आग्रह गरेका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध नेकपाकै सांसदहरुले अविश्वसको प्रस्ताव अघि सारेपछि उत्पन्न विवाद सतहमा नै छ। विवादका विषयमा बालुवाटार र खुमलटारमा नेताहरुले गोप्य छलफल समेत गरेका छन्।

तर बालुवाटार र खुमलटारकाे छलफल निष्कर्षमा पुग्न सकेकाे छैन। पछिल्लाे समय झै नेकपा भित्रकाे विवाद चर्कदाे अवस्थामा पुगेकाे देखिएकाे छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउन सहयाेग पुग्ने गरी अध्यादेश ल्याउन लागेकाे चर्चा नेकपाभित्र चल्न थालेकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.