बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको हो।

मुख्यमन्त्री पौडेललाई गत कात्तिक ६ कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पष्टि भएपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।

Facebook Comments