काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार बुँदे सहमति भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान चार बुँदे सहमति भएको हो ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, र अनय विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय हुने भएको छ।
Facebook Comments