दैलेख । दैलेखमा भएकाे दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार दिउँसो गुराँस गाउँपालिकाको बान्द्रेमा बा–४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएकाे छ । भने १ जना गम्भीर घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न नसकेको र घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले बताए । उनका अनुसार टिपर सडकबाट करिब ९ सय मिटर तल खसेको थियाे ।
त्यस्तै सुर्खेतबाट जम्भुकाँधका लागि छुटेकाे ना-३ ख ५५१९ नम्बरको बस तल्लो डुंगेश्वरमा दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका चालक ललित नेपालीको मृत्यु भएको छ ।
कर्णाली राजमार्गको तल्लोडुंगेश्वर नजिकै सडकमा रोकिएको टिपरमा बस ठोकिँदा दुर्घटना भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार बसमा सवार १४ यात्रु घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
Facebook Comments