उपत्यकामा थपिए १ हजार ७०२ कोरोना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १७ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१ जना, भक्तपुरका १ सय ४८ जना र ललितपुरका १ सय २३ सय जना छन् ।

आज देशभर थप ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् भने २ हजार १ सय ८ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ।

Facebook Comments