काठमाडाैँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस क्षेत्री एकता समाजका संस्थापक अध्यक्ष युवाराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंंघ केन्द्रीय समिति गठन गरेको छ ।
आइतबार आयाेजित जुम भर्चुअल बैठकले महासंघको उपाध्यक्षहरुमा शिवबहादुर बस्नेत, चुडामणि रेग्मी, बीरबहादुर शाही, मदनराज थापा, भीमबहादुर थापा, रघुबीर ठगुन्ना, भीम बर्मा, सागरराज क्षेत्री चयन गरेको छ । महासचिवमा प्रेमनारायण थापा, उपमहासचिवमा रामहरी कार्की, सचिवमा टेकबहादुर थापा र हरि क्षेत्री र कोषाध्यक्षमा राजेन्द्र खस छन् ।
सदस्यहरुमा लिला बस्नेत, परशुराम बस्नेत, अरुण क्षेत्री, विनोद बस्नेत, टंक थापा, डिलुकुमारी खड्का, इन्द्र्रबहादुर बराल, पृथ्वीनारायण कार्की, अनन्त कार्की, विरेश गोदार थापा, रामबहादुर जाग्री, रविन्द्र्र बस्नेत, नेत्रजंग कार्की, हरिबहादुर बस्नेत, निगमकुमार कार्की, तपेन्द्र क्षेत्री, रबिन बुढाथोकी, जनकराज कटुवाल, सन्देश ठकुरी, खिरबहादुर भण्डारी, पुष्प कार्की, दुर्गा सुबेदी, भुपेन्द्र भण्डारी, हरिबहादुर खड्का, पदमकेशर अधिकारी, भीमबहादुर बस्नेत, ध्रुवराज बस्नेत र नरबहादुर बिष्ट रहेका छन् ।
खसहरुले आगामी २०७८ को राष्ट्रिय जनगणनामा जातिको महलमा खस र धर्मकाे महलमा मष्ट धर्म लेख्ने निर्णय यसअघि नै गरिसकेका छन् । खस जातिभित्र पर्ने क्षेत्री, ठकुरी, केही खस ब्राहमण, दमाई, कामी, सार्की आदिले मष्ट धर्म मान्दै आएका छन् । खस नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति हो । यसभित्र क्षेत्री, कामी, दमाइ, सार्की, ठकुरी आदि पर्दछन् ।
Facebook Comments