यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘ममा कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् ।

यसअघि शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना पुष्टि भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.