काठमाडाैं उपत्यकामा थपिए २३ सय ८८ काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना काेराेना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा २००८ जना, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै साेमबार देशभरी ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ३३५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

Facebook Comments