पाल्पा । ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाल्पा अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
शुक्रबार पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
अस्पतालले जारी गरेको सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।
कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएकाे छ।
Facebook Comments