आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरुलाई मर्मतका लागि प्राप्त रु सात लाख ८४ हजार ४४६ बराबरको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।

आयोगले सो गाँउपालिकाका इञ्जिनीयर निर्मल लामा, हिमालयन माविका प्रधानाध्यापक बोधनाथ उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले कामै नगरी सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको जनाएको छ ।

यस्तै, आयोगले आजै नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको लीलामा अनियमिता गरेको अभियोगमा थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध रु ८६ लाख ८८ हजार १३२ बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले कूल ९७९ वटा व्याट्री अवैध तरिकाले हानीनोक्सानी पु¥याएको पाइएको आयोगले जनाएको छ ।

आयोगले आजै धनुषको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलिपकुमार पन्जियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र सिफारिस गरेवापत उनले सेवाग्राहीसँग रु २४ हजार घुस लिएको अभियोग छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.