३३ वर्षपछि डाँका मुद्दाका फरार आरोपी सहनी पक्राउ

काठमाडौं । प्रहरीले डाका मुद्दाका फरार आरोपीलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ ।

सर्लाहीको बरथवा नगरपालिका-१ का राजवंशी सहनीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बरथवा सर्लाहीले अदालतमा पेश गरेको हो ।

वि।सं। २०४४ असार २६ गते सिरहा जिल्ला अदालतले सहनीलाई डाँका मुद्दामा ६ वर्ष कैद र २९ सय रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै सहनी फरार भएका थिए ।

फैसला भएपनि फरार आरोपी सहनी हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले २२ असोजमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

सहनीलाई इलाका प्रहरी कार्यालय बरथवाले २२ असोजमा पक्राउ गरेको हो । कोरोना महामारीको बेला पक्राउ परेका सहनीको पीसीआर रिपोर्ट ढिलागरी आएकाले अदालतमा पेश गरेर कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी भाटले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.