पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

बागलुङकाे बागलुङ नगरपालिका-२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएकाे छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दुशर्माका अनुसार चरक मेमोरियल अस्पतालमा उनको मृत्यु भएको हो । उनी गएको २५ गते अस्पताल भर्ना भएका थिए ।

उनमा कोभिड-१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments