‘उत्तरी सीमामा अतिक्रमण राेक्न कर्णालीवासी एकजुट हुनुपर्छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उत्तरी सीमामा अतिक्रमण रोक्न कर्णालीवासी एकजुट हुनुपर्नेमा जोडदिएको छ। जिल्ला कार्य समिति कालिकोटका काँग्रेस नेता मोतिराज बमले वर्तमान कम्युनिष्ट सरकार सीमा संरक्षणको विषयमा दोहोरो नीति लिएको आरोप लगाए।

कर्णाली प्रदेशको कालिकोट जिल्लामा सीमा अतिक्रमण विरुद्ध आयोजित कार्यक्रममा उनले भने,’ हाम्रो देशको छिमेकी मुलुक भारत र चीन हुन्, यीनीहरूसँग राम्रो सम्बन्ध बनाउँनु पर्छ।’ तर उत्तरी सीमा मिच्दा पनि सरकार चुप लागेर बसेको छ।’

कर्णाली प्रदेशको सीमा चीन सँग मात्र जोडिएको छ, त्यसैले कर्णाली प्रदेशका जनता चिनियाँ अतिक्रमणविरूद्द एकजुट हुन जरूरी रहेको उनले बताए।

उनले भने,’ हुम्लामा चीनले खुलेआम सीमा मिचेर भवन बनाइ बस्दा पनि सरकार चुप लागेको बसेको छ।’उनले चिनियाँ अतिक्रमणविरूद्द कर्णाली बासीले शसक्त कदम चाल्न जरूरी रहेको बताए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.