घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको महासंघले जनाएको छ ।

Facebook Comments