भारतीय व्यापारीद्वारा २ अर्बबढी राजस्व छलि

काठमाडौं । सुनको अवैध पैठारी गरेर करिब अढाई अर्बको कर छलि भएको पाइएको छ ।

राजश्व अनुसन्धान विभाग रुपन्देहीको सिद्धार्थनगरस्थित एक ज्वेलर्स पसलले अवैध रुपमा सुन आयात गरेर कर छलि गरेको फेला पारेको हो ।

नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक सुनिल सुनार सञ्चालक रहेको सोनी ज्वेलर्सले अमित परियारलाई मतियार बनाएर सुनचाँदीको अवैध चोरी पैठारी गरेको अभियोग विभागले लगाएको छ ।

सो दाबीसहित विभागले तुल्सीपुर उच्च अदालतमा २ अर्ब ३९ करोड ५५ लाख १५ हजार विगोसहित जरिवाना र कैद सजाय मागदाबी गरेको हो ।

सोमध्ये २ अर्ब २३ करोड रुपैंया १३ लाख ३८ हजार रुपैंया भन्सार चोरी पैठारी गरेको र बाँकी १६ करोड ४१ लाख ७७ हजार रुपैंया आयकर छलि गरेको विभागको दाबी छ ।

Facebook Comments