रूपन्देहीकी काेराेना संक्रमित महिलाकाे चितवनमा मृत्यु

चितवन । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही तिलोत्तमाकी ३५ वर्षीया महिलाको मृत्यु भएकाे छ ।

उनकाे उपचारको क्रममा सोमबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हाे ।

अस्पतालले दिएकाे जानकारी अनुसार तिलोत्तमा–१५ की ३५ वर्षीय महिला असोज २१ गते उपचारका लागि भर्ना भएकी थिइन् । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

ती महिलाको लुम्बिनी प्रादेशिक अस्पतालले गरेको परीक्षणमा नै असोज २० मै कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Facebook Comments