थप ४ हजार ४७ जनामा काेराेना संक्रमण, १४ सय ७३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज ४ हजार ४७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा १ हजार ४७३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको छ।

Facebook Comments