रौतहटमा वडाध्यक्षसहित २ जनाको मोटरसाइकल चोरी

google

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक वडाध्यक्ष सहित दुई जनाको मोटरसाइकल चोरी भएको छ । कटहरिया नगर प्रवक्ता तथा वडा ४ का अध्यक्ष चन्दन कुश्वाहा सहित गएरातति दुइजनाको मोटरसाइकल चोरी भएको हो ।

कुश्वाहाको प्रदेश ३ ०२–०२प ०१५५ नम्बरको पल्सर मोटरसाइकलका साथै कटहरिया बजारस्थित मोटरसाइकल ग्यारेज संचालनक विकास साह सोनारको बिआर २९ एफ १५६५ नम्बरको मोटरसाइकल चोरी भएको पीडित परिवारले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई लतिफ अन्सारीले घटनाको पुष्टि गर्दै चोरी भएको मोटरसाइकल र संलग्न चोरको खोजी भैरहेको बताए ।

Facebook Comments