चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेज् भरतपुरमा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

मेडिकल कलेजमा उपचाररत नवलपुरका ३६ वर्षीया कोरोना संक्रमितको मृत्यु अस्पतालले जनाएकाे छ।

मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-१ का पुरुष रहेका छन् । मृगौलासम्बन्धी समस्या भइ असोज १८ गते अस्पताल भर्ना भएका उनको १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोभिड आईसीयू कक्षमा उपचाररत उनको शुक्रार साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

Facebook Comments