पाेखरा र नेपालगन्जमा थप एक-एक जना काेराेना संक्रमितकाे मृत्यु

काठमाडाैं । कास्की र बाँकेमा थप एक/एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमणबाट कास्की पोखरा–८ का ७८ वर्षीय वृद्धको शुक्रबार निधन भएको हाे । पोखराकै चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी र झाडापखालाको बिरामी थिए । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

यस्तै बाँकेमा पनि थप एक जना कोरोना संक्रमितकाे मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ। यसैबीच, जिल्लामा आज थप २४ जना संक्रमित निको भइ घर फर्किएका छन्।

जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन्। योसँगै बाँकेमा संक्रमण निको हुनेको संख्या एक हजार ७६२ जना पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.