नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६०० पुग्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६०० पुगेकाे छ ।

शुक्रबार थप १० जनाकाे काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएसँगै मृतककाे संख्या ६०० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

शुक्रबार मृत्यु पुष्टि हुनेमा १ जना महिला र ९ जना पुरूषहरू रहेका मन्त्रालयले जनाएकाे छ। नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे प्रतिशत शून्य दशमलब ६० रहेकाे छ ।

यस्तै नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसै हिजाे देशभर सबैभन्दा बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments