७१ हजार ३४३ जना काेराेना संक्रमित निकाे भए

coronavirus-thumb-img

काठमाडौं । नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ७१ हजार ३४३  पुगेको छ ।

बिहीबार देशभर २ हजार ६७५ जना कोरोना संक्रमित निको भएसँगै कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४ हाजार ३६४ संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै काठमाडाैं उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

Facebook Comments