काठमाडाैं उपत्यकामा थपिए २५ सय ४० कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको हुँन् ।

यस्तै पछिल्लाे २४ घण्टामा १८ हजार ४७३ जनाकाे पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments