ताप्लेजुङ्गमा सशस्त्र प्रहरीको बिओपी स्थापना

ताप्लेजुङ्ग । ताप्लेजुङ्गमा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई लगायतकाे टाेलीले ताप्लेजुङ्गको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा (बिओपी) स्थापना गरेकाे हाे ।

पर्यटनमन्त्री भट्टराईसँगै गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु सहितको टोलीले २१ गते उक्त बिओपीको स्थापना गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।

सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.