ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको पाठकले बताए ।

Facebook Comments