पेस्तोल देखाएर आतंक मच्चाउने र पेस्तोल लुकाउने दुबैजना पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पेस्तोल देखाएर आतंक मच्चाउने २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पेस्तोल देखाएर आतंक मच्चाउने रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षीय राजकुमार हरिजन र पेस्तोल लुकाउन सहयोग गर्ने मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षीय सदानन्द सहानी रहेका प्रहरीले जनाएकाे छ ।

हरिजनको बयानको आधारमा सहानीले सञ्चालन गरेको नास्ता पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार सहानीको खाजाघर तलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल फेला परेको प्रवक्ता खत्रीले बताए ।

‘हरिजनले कोटहीमाई गाउँपालिका-२ गुलरियाका स्थानीयलाई पेस्तोल देखाउँदै आतंक मच्चाएको खबर सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेको थियो । सोही सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.