काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी अनसनबारे चासो देखाएका छन् ।
मंगलबार अपरान्ह बालुवाटारमा आयोजित (नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवनरक्षाका बारेमा चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको बताएका थिए ।
नेकपाको मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताहरुले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
विभिन्न ६ बुँदे माग राख्दै डा.केसी २३ दिनदेखि अनशनरत छन् । १९ औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् । केसी अनसन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको हो ।
Facebook Comments