लागुऔषध ओसापसार गर्ने ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध ओसार पसारमा संलग्न ५ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा-१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई कास्कीको तुम्केबाट पक्राउ गरेको हो । साथै उनीहरूकाे साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएकाे छ ।

उनीहरुलाई लागु औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments