प्रदेश ५ का मन्त्रीकाे आदेश – घिसारेर निकालिहाल्

काठमाडाैं । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संसदीय मर्यादाविपरीत ‘घिसारेर निकालिहाल्’ आदेश दिएका छन् ।

साेमबार प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरिरहेका बेला मन्त्री केसीले मर्यादापालकलाई घिसारेर निकाल्न आदेश दिएका हुन् ।

तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिए ।

प्रदेशसभा चलिरहेको अवस्था सदनलाई सञ्चालन गर्ने र निर्देशित गर्ने सम्पूर्ण अधिकार सभामुखलाई हुने भए पनि मन्त्री केसीले मर्यादा पालकलाई नाराबाजी गर्ने विपक्षी कांग्रेसका सांसदलाई निकाल्न निर्देशन दिएका हुन्।

सदन चलिरहेको अवस्थामा मुख्यमन्त्री, मन्त्री, सांसद कसैलाई कुनै पनि विषयमा निर्देशन दिने अधिकार हुँदैन । तर भालुवाङ स्थायी राजधानी राख्ने प्रस्ताव पेश गरेपछि विरोधमा नाराबाजी गरिरहेका विपक्षी सांसदलाई ‘घिसारेर निकालिहाल्’ भन्ने आदेश दिएका हुन् ।

सोमबार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएको छ। केसीले पेश गरेको प्रस्तावअुनसार केही सांसदले नाराबाजीकाबीच छलफलमा भाग लिएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.