कञ्चनपुर। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय चन्द्रकान्त लुहारलाई प्रहरीले पक्राउ गरेको छ।
कञ्चनपुरकाे लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने लुहारलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका लुहारले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments