कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ 

कञ्चनपुर। १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय चन्द्रकान्त लुहारलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरकाे लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने लुहारलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका लुहारले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.