प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।

Facebook Comments