देशभर थपिए २ हजार १२० काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ४४ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.