देशभर थपिए २ हजार १२० काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ४४ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ।

Facebook Comments