छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

काठमाडौं । छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताए ।

आरोपितले आफूलाई ५ वर्षको उमेरदेखि जबरजस्ती करणी गर्दै आएको बताईएको छ । छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँतर्फ जानलाग्दा पीडित बालिकाको उद्धार भएको थियो ।

प्रहरीको सहयोगमा उद्दार गरेकी उनको जिल्लामा संचालित सुरक्षित आवास गृहमा राखिएको छ । बालिकाको स्वास्थ्य परिक्षणमा घटना पटक पटक भएको देखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments