भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति शेल्फ क्वारेन्टिनमा

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा शेल्फ क्वारेन्टिनमा बसेका छन् ।

सेनापति थापाको भान्सामा काम गर्ने एक जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी आइतबारबाट क्वारेन्टिनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको हो ।

निर्देशानालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार शनिबार प्रधानसेनापति थापाको निवासमा भान्साका काम गर्ने एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपाउँदै क्वारेन्टिनमा बस्नेछन् ।

Facebook Comments