सुशान्त सिंह राजपूतकाे घाँटी थिचेर हत्या गरिएकाे वकिलको दावी

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे हत्या भएकाे सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् ।

उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालका एक डाक्टरको हवाला दिँदै सुशान्तको हत्या घाँटी थिचेरै भएको दावी गरेका हुन् । उनका अनुसार उनलाई जानकारी दिने डाक्टर एम्समा सुशान्तको मृत्युबारे जाँच गर्ने मेडिकल टिमका सदस्य हुन् ।

राजपूतले आत्महत्या गरेको नभइ उनको घाँटी थिचेर हत्या गरिएकाे विकास सिंहले ट्वीट गरेका छन् । ‘सीबीआइद्वारा सुशान्त केसलाई आत्महत्याको लागि उक्साएकोबाट परिवर्तन गरेर हत्याको केसमा बदल्न भइरहेको ढिलाइले अब फ्रस्टेसन हुन लागेको छ ।

एम्सको टिमका सदस्य रहेका ती डाक्टरले मलाई धेरै पहिले भनेमका थिए कि मैले पठाएका फोटोहरुले बताउँछन् कि यो २०० प्रतिशत घाँटी थिचेर मारेको घटना हो, आत्महत्या होइन ।’

Facebook Comments