सुशान्त सिंह राजपूतकाे घाँटी थिचेर हत्या गरिएकाे वकिलको दावी

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे हत्या भएकाे सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् ।

उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालका एक डाक्टरको हवाला दिँदै सुशान्तको हत्या घाँटी थिचेरै भएको दावी गरेका हुन् । उनका अनुसार उनलाई जानकारी दिने डाक्टर एम्समा सुशान्तको मृत्युबारे जाँच गर्ने मेडिकल टिमका सदस्य हुन् ।

राजपूतले आत्महत्या गरेको नभइ उनको घाँटी थिचेर हत्या गरिएकाे विकास सिंहले ट्वीट गरेका छन् । ‘सीबीआइद्वारा सुशान्त केसलाई आत्महत्याको लागि उक्साएकोबाट परिवर्तन गरेर हत्याको केसमा बदल्न भइरहेको ढिलाइले अब फ्रस्टेसन हुन लागेको छ ।

एम्सको टिमका सदस्य रहेका ती डाक्टरले मलाई धेरै पहिले भनेमका थिए कि मैले पठाएका फोटोहरुले बताउँछन् कि यो २०० प्रतिशत घाँटी थिचेर मारेको घटना हो, आत्महत्या होइन ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.