दार्चुलाको होटलमा प्रहरी नायव निरिक्षक मृत फेला

दार्चुला । नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) दार्चुला सदरमुकामको एक होटलमा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रवार विहान सई ध्रुव रावल सदरमुकाममा रहेको दुर्गाभवानी होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर सुरेन्द्र प्रसाद जोशीले बताए । होटलको लवीमा लडिरहेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत बगेको छ ।

दल्लेक प्रहरी चौकीबाट सरुवा भएर सई रावल ईलाका प्रहरी कार्यालय हुतीमा हाजिर हुन जाँदै थिए । ईप्रका जाने क्रममा उनी सदरमुकामको होटलमा बास बसेका हुन् ।

रावलको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण थाहा हुने इन्सपेक्टर जोशीले बताए ।

Facebook Comments