पीओकेका मुहम्मद सज्जाद राजाले- ‘पकिस्ताले हामीहरूमाथि जनावर जस्तो व्यवहार गर्छ’ (भिडियाेसहित)

एजेन्सी । सँयुक्त राष्ट्र मानवाधिकार परिषदको जिनेभामा चलिरहेको बैठककाे दौरान पाकिस्तानी पीओकेबाट आएका मुहम्मद सज्जाद राजा रूदै आफ्नो धारणा राखेका छन्। पाकिस्तानले कब्जा गरेको कश्मीरका स्थानीय निवासी राजाले जेनेभामा यूएनएचआरसीको कार्यक्रममा पकिस्तानको ज्यादती बारे खुलेर बोलेका हुन्।

उनले आफ्नो धारणा राख्ने क्रममा रूदै भने,’पकिस्ताले हामीहरूमाथि जनावर जस्तो व्यवहार गर्छ।’ उनले पाकिस्तानले कथित ‘आजाद काश्मिर’मा आतंक शिविरहरू चलाइरहेको बताए।

उनले पीडा बयान गर्दा रोएका थिए। राजाले भने कि आजाद काश्मिरमा राजनीतिक प्रणालीको विरोध गर्नेहरूमाथि कारवाही गरिन्छ। उनले पत्रकारसँग कुराकानीमा भने कि हामी पाकिस्तानमा भएको सजायको सामना गरिरहेका छौं। पाकिस्तानले त्यहाँ चुनाव गराउन नौ​टंकी गरिरहेको छ यो कार्यमा १० प्रतिशत मुस्लिमले पनि समर्थन गरिरहेका छैनन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.