३९ बर्षीय कोरोना संक्रमित युवकको काठमाडौंमा मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँ निवासी ३९ बर्षीय एक युवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

बोनम्यारोको समस्या देखिएपछि ती युवक भदौ ४ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उपचारको क्रममा सोही अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको आफन्तले बताएका छन् ।

भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आईसीयूहितको उपचार चाहिने भन्दै राजधानीको ह्यम्स अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा उनको विहीबार विहान साढे २ बजेतिर ह्याम्स हस्पिटलमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । नेपाली सेनाले उनको अन्त्येष्टि काठमाडौंमै गर्ने तयारी गरेको छ ।

Facebook Comments