बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु-११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

अस्पतालका फोकल पर्सन डा थापाका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Facebook Comments