थप दुई जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरले मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो। भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो।

त्यस्तै अल्का अस्‍पतालमा बुधवार बिहान एक पुरुषको मृत्यु भएको छ। ललितपुरका ७४ वर्षका पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।

Facebook Comments