थप दुई जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय ललितपुरले मेघा अस्पतालमा उपचारका क्रममा ललितपुरका ८० वर्षका पुरुषको मंगलवार मृत्यु भएको जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार विगत १ महिनादेखि उनको मेघा अस्पतालमा उपचार भइरहेको थियो। भदौ ६ गते उपचारका लागि भर्ना भएका उनको असोज ६ गते मृत्यु भएको हो।

त्यस्तै अल्का अस्‍पतालमा बुधवार बिहान एक पुरुषको मृत्यु भएको छ। ललितपुरका ७४ वर्षका पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.