विराट शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मोरङ । झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

ती वृद्धमा श्वासप्रश्वास, मिर्गौला तथा निमोनियाको समस्या देखिएको राठौरले बताए ।

Facebook Comments